ad ad

समाज


नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित ५ कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित ५ कर्मचारी पक्राउ

नेपालखबर
असार २, २०८१ आइतबार २०:२९, काठमाडौँ

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न ठाउँका यातायात कार्यालयका पाँच जनालाई पक्राउ गरेको छ।

लिखित र प्रयोगात्मक परीक्षाबिनै १० वर्षको अवधिमा एक लाखभन्दा बढी लाइसेन्स जारी गरेको भेटिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न ५ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमध्ये सबैभन्दा उपल्लो तहका कर्मचारी उपसचिव केशव अर्याल हुन्। स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९, सेरा फूलबारी घर भएका उनी यातायात व्यवस्था कार्यालय बुटवलको प्रमुख हुँदा नक्कली लाइसेन्स प्रकरणमा जोडिएका हुन्। हाल उनी प्रदेश वन मन्त्रालयमा छन्।

त्यस्तै, अरू दुई अधिकृतमा यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा रहेका सुवास पौडेल छन्। नवलपरासीको रामग्राम नगरपालिका, वडा नं. ५ ड्राइभर चोक घर भएका उनी कम्प्युटर अधिकृत हुन्।

पाल्पाको तानसेन नगरपालिका वडा नं. ३, धोबीधारा घर भएका शाखा अधिकृत सुवास पौडेल यातायात व्यवस्था कार्यालय, बुटवल छँदा मुछिएका हुन्।

तनहुँको किहुँ स्थायी ठेगाना भई हाल नवलपरासीको गैडाकोट बस्ने यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल र सिरहा मिर्चैया नगरपालिका वडा नं. १ घर भएका यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह पनि सीआईबीको नियन्त्रणमा पुगेका छन्। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .