काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल जाने भएका छन्। सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको विमानबाट मेयर शाह त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका तय भएको छ।
मेट्रोपोलिसको पहिलो बोर्ड बैठकमा सहभागी हुन मेयर शाह त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।
गत वर्ष मेयर शाह महानगर विश्व संघ (वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस) को सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका थिए।
सोही बैठकमा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। उनी आगामी असार ८ गते मात्रै स्वदेश फर्कने कार्यतालिका छ।
426
Shares
प्रतिक्रिया