ad ad

समाज


आज असारको पहिलो दिन, ४ राशिको भाग्यशाली अङ्क १, तपाईँको कुन? हेर्नुस् राशिफल

आज असारको पहिलो दिन, ४ राशिको भाग्यशाली अङ्क १, तपाईँको कुन? हेर्नुस् राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार १, २०८१ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, १ असार २०८१ (१५ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : धार्मिक कार्यमा सरिक भइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। काम अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : काम बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। यात्रामा जान बाध्य भइएला। फजुल खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक कार्यमा प्रगति हुनेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : आँटेको र ताकेको कार्य पूरा होला। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। कला र गलाको प्रभाव बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : अधुरो काम पूरा हुनेछ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सत्कार पनि पाइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मान प्रतिष्ठामा वृद्धि होला। सामाजिक क्षेत्रबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : सहकर्मीबाट विरोध आउला। चुनौती समेत सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। सरकारी निकायको भय रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : आफन्तको सहानुभूति मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : लगनशीलताले काम अगाडि बढ्नेछ। लामो समयदेखिका बाधा स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। मन खिन्न हुने स्थिति आउनेछ। मनमुटाव बढ्नेछ। अतः बढी सजग रहनु उचित हुने देखिन्छ। प्रेममा पनि बाधाका साथै मन कमजोर रहला।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : शुभ कार्यको लागि यात्रा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काममा लगनशीलता बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .