ad ad

समाज


बढुवा भएका ४ एसएसपीको तोकियो कार्यक्षेत्र

बढुवा भएका ४ एसएसपीको तोकियो कार्यक्षेत्र

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १९:३५, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ । 

बढुवा भएका एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै बिहीबार जिम्मेवारी पनि पाएका हुन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार, अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ।

यस्तै दाहालको कोसी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .