ad ad

समाज


फुल कोर्टमा पेस भयो वरिष्ठ अधिवक्तासम्बन्धी प्रतिवेदन, निर्णय कहिले?

फुल कोर्टमा पेस भयो वरिष्ठ अधिवक्तासम्बन्धी प्रतिवेदन, निर्णय कहिले?

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १८:४०, काठमाडौँ

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा प्रस्तावित वरिष्ठ अधिवक्ताहरूको सूची पेस भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले सिफारिस समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।

यसअघि न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा गठित ५ सदस्यीय समितिले विभिन्न आधार र मापदण्ड हेरी वरिष्ठ अधिवक्ताको उपाधि दिन सकिने सम्भावित कानुन व्यवसायीको सूची तयार गरेको थियो। उक्त समितिका सदस्य सचिवका हैसियतले मुख्य रजिस्ट्रार ढकालले प्रतिवेदन प्रस्तुत गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। प्रतिवेदनको विस्तृत विवरणबारे भने आफू जानकार नरहेको उनले बताए।

स्रोतअनुसार, राउत नेतृत्वको समितिले करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ  अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस गरेको छ। उक्त सूची सर्वोच्चका सबै न्यायाधीशका हातमा पुगिसकेको भए पनि औपचारिक रूपमा राय सुझाव पेस गर्न फुल कोर्टमा आज प्रस्तुत गरिएको हो।

‘प्रारम्भिक छलफल मात्रै हो। यसमा अझै केही प्रक्रिया बाँकी नै छ। निर्णय हुन समय लाग्छ,’ प्रवक्ता उप्रेतीले भने।

वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .