ad ad

समाज


मनसुन भित्रिएको पहिलो रात आज कहाँ कस्तो वर्षा होला?

मनसुन भित्रिएको पहिलो रात आज कहाँ कस्तो वर्षा होला?

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २८, २०८१ सोमबार १९:२१, काठमाडौँ

आज (जेठ २८) यस वर्षको मनसुन नेपाल भित्रिएको पहिलो दिन हो। हाल पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (सोमबार साँझ) कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित  देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश खुला) छ। कोसी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।

महाशाखाले सोमबार (आज) साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .