ad ad

समाज


१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन निजी स्कुलहरूलाई काठमाडौँ महानगरको निर्देशन

रीतपूर्वक छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी
१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन निजी स्कुलहरूलाई काठमाडौँ महानगरको निर्देशन

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ८:२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ। 

महानगरपालिकाको शिक्षा विभागले आज (बिहीबार) सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ। 

यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका महानगरपालिकाले जनाएको छ। 

त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ। 

‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरुले काठमाडौँ महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलव्ध गराउनु पर्नेछ,’ महानगरले जारी गरेकाे सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्ता विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ।’

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ। 

हेर्नुहाेस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .