ad ad

समाज


ट्याक्टर चलाउने १८ वर्षीय किशोरको दुर्घटनामा मृत्यु, अर्का युवक घाइते

ट्याक्टर चलाउने १८ वर्षीय किशोरको दुर्घटनामा मृत्यु, अर्का युवक घाइते

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ८:२४, रुकुम पश्चिम

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय किशोरको मृत्यु भएको छ। 

मुसीकोट नगरपालिका –२ का १८ वर्षीय सागर परियार बुधबार दिउँसो  मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटनामा घाइते भएका थिए। 

उनी ट्याक्टरका चालक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई थप उपचारको लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मुसीकोट नगरपालिका–५ का ४० वर्षीय हरिचन्द्र केसी घाइते भएका छन्। उनको नेपालगन्जमै उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .