समाज


उदयपुरबाट एकै दिन ६ सय किलो गाँजा बरामद

उदयपुरबाट एकै दिन ६ सय किलो गाँजा बरामद

नेपालखबर
जेठ २०, २०८१ आइतबार २१:१४, काठमाडौँ

सशस्त्र प्रहरीले उदयपुरबाट फेरि ३ सय किलो गाँजा बरामद गरेको छ।  

उदयपुर जिल्ला बेलका नगरपालिका–८ सिसौलिघाट स्थित सुरक्षा बेश रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा सिसौलिघाटको जंगलमा ७ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ सय किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो।

आइतबार बिहान २ सय ८० किलो गांजा बरामद भएको ठाउँ नजिकैबाट साँझ करिब ३ सय किलो गांजा बरामद भएको सशस्त्रले जनाएको छ।

सो ठाउँमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि साँझ पनि खोजतलास गरिएको थियो।  

बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad