ad ad

समाज


चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व फैलिँदै छ, सतर्कता अपनाउनू : महाशाखा

चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व फैलिँदै छ, सतर्कता अपनाउनू : महाशाखा

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १७, २०८१ बिहिबार २०:३०, काठमाडौँ

हाल (बिहीबार बेलुका) काठमाडौँ उपत्यकासहित लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशमा मेघगर्जन/चट्याङ,  हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको र यो पूर्व दिशातर्फ फैलिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उक्त प्रणालीका कारण कोसी, बागमती, गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

महाशाखाले सूचना जारी गर्दै भनेको छ– आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .