ad ad

समाज


सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ७:९, काठमाडौँ

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान करिब ४ बजे जिप दुर्घटनामा परेको हो। 

जिप सडकबाट अन्दाजी चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ। 

अहिले घटनास्थलमा सुखेतीका डीएसपी वीरेन्द्रवीर विश्वकर्मा र प्रहरी हबल्दार खुमबहादुर गुरुङको कमाण्डमा ३१ जनाको टोली उद्धारका लागि परिचालन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .