ad ad

समाज


‘रेमल’ चक्रवातको प्रभाव : देशका यी १२ स्थानमा भारी वर्षा

‘रेमल’ चक्रवातको प्रभाव : देशका यी १२ स्थानमा भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १४:१८, काठमाडौँ

‘रेमल’ चक्रवातको प्रभावले देशका धेरै स्थानमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको दिउँसो २ बजेसम्मको विवरणअनुसार विगत २४ घण्टामा देशका १२ स्थानमा भारी वर्षा भएको हो। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि र १०० मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी वर्षा भनिन्छ। 

महाशाखाको तथ्यांकअनुसार विगत २४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस स्टेसनमा ८४.४ मिलिमिटर वर्षा भएको छ। यसपछि नवलपरासीको परासीमा ६६, प्युठानको राजुवारामा ६४.८ तथा तनहुँको स्याम्बामा ५९ मिलिमिटर वर्षा मापन भएको छ।

यसैगरी गोरखाको आरुघाट ५९.६, मकवानपुरको भोर्लेनीमा ५९.६, सिन्धुलीको हरिहरपुर ५८.४ तथा गोरखाको बारपाकमा ५७.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार विगत २४ घण्टामा भारी वर्षा भएका अन्य स्थानमा सिन्धुपाल्चोकको ढुंगेमा ५६, नवलपुरको डन्डामा ५३.८, लमजुङको घरेढुंगा ५२ र नवलपुरको नवलमा ५०.६ वर्षा भएको छ।   

यसबाहेक हल्कादेखि मध्यमसम्म देशभर वर्षा भएको छ। २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम र यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

मौसमविद्का अनुसार कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा रेमल चक्रवातको प्रभाव परिरहेको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु सक्रिय छ। 

रेमलको प्रभाव आजसम्म जारी रहने मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .