ad ad

समाज


आजका भाग्यशाली अङ्‌क ५ बाहेक अरू, तपाईँको कुन? हेर्नुस् जेठ १५ को राशिफल

आजका भाग्यशाली अङ्‌क ५ बाहेक अरू, तपाईँको कुन? हेर्नुस् जेठ १५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ १५, २०८१ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, १५ जेठ २०८१ (२८ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आत्मीय साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। रोकिएका कार्यको पुन: थालनी हुनुका साथै नयाँ कार्यको थालनी होला। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, वैदेशिक कार्यमा ८० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृष : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६९, व्यापारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : विवेकले काम नगर्न सक्छ, सचेत रहनु होला। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कर्कट : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ६५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह : आज हाँसखेलको समय हो। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ। समयको सही सदुपयोग हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। घरमा अतिथिको सेवा होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : दिन मनोरञ्जनपूर्ण रहला। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : नियमित खर्च बढ्ने योग छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग फलदायी छैन।

वृश्चिक : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आँटेको र ताकेको पूरा होला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु : मान्यजनसँग भेटघाट हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४६, वैदेशिक कार्यमा ८२ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मकर : दिन कर्मप्रधान रहेको छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। वैदेशिक कार्यमा अवरोध हुनेछ। गरेका काममा ढिलासुस्ती हुने देखिन्छ। यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : रमाइलो यात्राको सम्भावना छ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चिताएको कामले तीव्रता लिनेछ। शुभ कार्यमा मन जानेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८३, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .