ad ad

समाज


नेपालमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, आज कता-कता होला वर्षा?

नेपालमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, आज कता-कता होला वर्षा?

सोमबार बिहान काठमाडौँबाट देखिएको एउटा दृश्य


नेपालखबर
जेठ १४, २०८१ सोमबार ६:४६, काठमाडौँ

यतिबेला देशका विभिन्न भागमा स्थानीय वायुकाे प्रभाव छ। नेपालकाे पूर्वी भूभागमा भने भारतमा विकसित ‘रेमल’ नामकाे चक्रवातको आंशिक प्रभाव रहेको छ।

हाल (सोमबार बिहान) कोसी प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। 

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागको मौसम आंशिक बदली रहने अनुमान छ। 

दिउँसो कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्कादेखि मध्यम हिमपातको  पनि सम्भावना छ।

आज राति कोसी प्रदेशमा साधारणदेखि पूर्ण बदली हुनेछ। मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागमा राति आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान छ।  

राति कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यसैगरी मधेस प्रदेसहित देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला मंगलबार र बुधबारको मौसम?

२०८१ जेठ १५ गते (मंगलबार)

दिउँसोː कोसी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का देखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

रातिː कोसी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ जेठ १६ गते (बुधवार)

दिउँसोː कोसी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː कोसी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .