ad ad

खेल


सनराइजर्स हैदरावाद पराजित, कोलकाताले तेस्रो पटक उचाल्यो आईपीएलको उपाधि

सनराइजर्स हैदरावाद पराजित, कोलकाताले तेस्रो पटक उचाल्यो आईपीएलको उपाधि

नेपालखबर
जेठ १४, २०८१ सोमबार ६:५७, काठमाडौँ

सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। 

आइतबार राति भएको फाइनलमा कोलकाताले सनराइजर्सलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएल उपाधि उचालेको हो। कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको हो। 

हैदरावादले दिएको १ सय १४ रनको मध्यक लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

कोलकाताले ओपनर सुनिल नारिनलाई ६ रन बनाउँदा दोस्रो ओभरमा नै गुमाएको थियो। 

दोस्रो विकेटका लागि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरेपछि कोलकाताले सहजै लक्ष्य भेट्टाएको हो। गुर्वाज ३९ रन बनाउँदा एलबीडब्लु धरापमा परे। वेंकटेश ५२ र कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्सले १८.३ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो। 

कमजोर सुरुवात गरेको सनराइजर्सका लागि कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक रह्यो। र एडन मारक्रमले २० र नितिश कुमार रेड्डी १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

सनराइजर्सलाई कम स्कोरमा रोक्न कोलकाताका आन्द्रे रसलले ३ विकेट लिए। हर्षित राना र मिचेल स्टार्कले समा २ विकेट लिए। वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .