ad ad

समाज


बूढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीन वडाध्यक्षलाई एक महिना कैद सजाय

६० दिनभित्र टहरा भत्काए कैद बस्न नपर्ने
बूढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीन वडाध्यक्षलाई एक महिना कैद सजाय

नेपालखबर
जेठ १३, २०८१ आइतबार १९:५९, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतले बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाएको छ।

अदालतको अवहेलना मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई शुक्रबार सजाय सुनाएको हो।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निर्माणाधीन नगर अस्पतालको टहरा व्यक्तिको जग्गामा बनाएको र सो टहरा हटाउन यसअघि दिएको आदेश उल्लंघन गरेको अदालतको ठहर छ।

विवादित क्षेत्रमा रहेका संरचना हरू हटाउनको लागि १०० दिनको समयसहित यसअघि जिल्ला अदालतबाट २०८०/१८ मा चलान दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको अदालतको जिकिर छ।

माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरूले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडि दिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न नपर्ने फैसलामा सर्त राखिएको छ।

‘प्रतिवादीहरूले ६० दिनमा संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाई दिन लाग्ने खर्च प्रतिवादीहरू मध्ये बूढानीलकण्ठ नगरपालिकाबाट असुल गर्नु,’ फैसलामा भनिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .