ad ad

बागमती


शुक्रबार काठमाडौँमा यो वर्षको अहिलेसम्मकै गर्मी, शनिबार तापक्रम कति?

शुक्रबार काठमाडौँमा यो वर्षको अहिलेसम्मकै गर्मी, शनिबार तापक्रम कति?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ १२, २०८१ शनिबार १८:३६, काठमाडौँ

काठमाडौँ उपत्यकामा हिजो (शुक्रबार) र आज (शनिबार) गर्मी निकै बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षको अहिलेसम्मकै बढी गर्मी भएको थियो।

अर्थात् शुक्रबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। 

‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षअन्तर्गत हालसम्मकै उच्च तापक्रम हो’, महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने।

यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा बढी तापक्रम जेठ ५ गते ३३.६ डिग्री सेल्सियस थियो। जेठ ११ गते यसभन्दा पनि माथि चढेको हो। 

शनिबार (आज) भने हल्का वर्षा भएकाले काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम केही घटेको छ।

मौसम महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस छ।

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने २१.६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट उकालो लाग्नु भनेको बिहानैदेखि गर्मी हुनु हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .