हङकङवासी पाल्पाली गायिका मञ्जुले ल्याइन् ‘मास्टर्नी’ (भिडिओ)

हङकङवासी पाल्पाली गायिका मञ्जुले ल्याइन् ‘मास्टर्नी’ (भिडिओ)

मगेन्द्र राई
जेठ १२, २०८१ शनिबार १२:५७, हङकङ

करिब दुई दशकदेखि हङकङलाई कर्मथलो बनाइरहेकी पाल्पाली गायिका मञ्जु थापाले आफ्नो आवाजसहितको म्युजिक भिडिओ ‘मास्टर्नी’ सार्वजनिक गरेकी छन्।

लोकप्रिय लोक गायक देवराज आलेमगरसँगको युगल स्वर रहेको म्युजिक भिडिओ गायिका थापाकै अफिसियल युट्युब च्यालनबाट शुक्रबार (मे २५) सार्वजनिक गरिएको हो। करिब डेढ वर्षअगाडि नायक धीरेन शाक्यसँग म्युजिक भिडिओमा अभिनय गरिसकेकी मञ्जुको यो चौथो म्युजिक भिडिओ हो।

‘मास्टर्नी’ गीतको शब्द र संगीत देवराज आलेको छ। विश्वास नेपालको एरेन्ज रहेको गीतको रेकडिस्ट सुमन मगर हुन्। 

मिक्सिङ कुमार रानामगरले गरेका हुन् भने प्रोडक्सन ध्रुव थापाको हो। भिडिओ सम्पादन र रंग मिलन विश्वकर्मा तथा निर्देशन, कोरियोग्राफर र प्रचार डिजाइन चित्र मास्की मगरले गरेका हुन्। 

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओको गीत नेपालमै मारुनी स्टुडिओमा रेकर्ड गरिएको हो।

गीतको भिडिओमा देवराज र रेनुका आले मगरको अभिनय छ। म्युजिक भिडियो निर्माता गायिका मञ्जु आफैँ हुन्। 

लोकलयमा निकै रोमान्टिक र प्रेमिल रहेको गीतको छायांकन नेपालकै  सुन्दर स्थानहरूमा गरिएको हो।

लामो समयदेखि गायनमा संलग्न मञ्जु हङकङमा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन्छिन्। 

पछिल्लो समय अलि सक्रिय देखिनुभएको छ, डेढ वर्षअघि नायक धीरेन शाक्यसँगको म्युजिक भिडिओ पनि निकाल्नुभएको छ, अहिलेको यो म्युजिक भिडिओबाट कत्तिको आशा गर्नु भएको छ त भन्ने नेपालखबरको प्रश्नमा मञ्जु भन्छिन्- ‘मास्टर्नी’बाट मैले निकै आशा गरेकी छु, राम्रै रेस्पोन्स पनि आइरहेको छ, यसमा कोरियोग्राफ, नाच , शब्द-संगीत समयको मागअनुसार छन्, त्यसैले यसबाट हामी सिंगो टिम नै निकै आशावादी छौँ।

समयले साथ दिए हरेक वर्षमा एउटा म्युजिक भिडिओ सार्वजनिक गर्ने लक्ष्य रहेको उनले बताइन्।

यस्तो छ ‘मास्टर्नी’ म्युजिक भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .