ad ad

समाज


विमानको पंखाले लाग्दा घाइते सीता एयर मुगु स्टेसन प्रमुखको उपचार बीएन्डबी अस्पतालमा जारी

विमानको पंखाले लाग्दा घाइते सीता एयर मुगु स्टेसन प्रमुखको उपचार बीएन्डबी अस्पतालमा जारी

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ९:५८, सुर्खेत

जहाजको पंखाले लाग्दा घाइते भएका सीता एयरका मुगु स्टेसन प्रमुख धीरेन्द्र भामको उपचार ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा भइरहेको छ।

भाम बिहीबार मुगुस्थित रारा विमानस्थलमा घुमिरहेको जहाजको पंखाले छुँदा घाइते भएका हुन्। 

घटनालगत्तै उनलाई सोही एयरको विमानमार्फत नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ललितपुर ल्याइएको हो। 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बीएन्डबी अस्पतालमा भामको उपचार जारी रहेको र अवस्था सामान्य हुँदै गएको बताए। 

‘पछिल्लो जानकारीअनुसार अवस्था सामान्य रहेको बुझिएको छ’, डीएसपी थापाले शुक्रबार बिहान नेपालखबरसँग भने। 

प्रहरीका अनुसार बिहीबार बिहान ११:३० बजेतिर रारा विमानस्थलबाट नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको दायाँ पंखाले भामलाई छोएको थियो। 

चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका बेला पंखाले लाग्दा उनी घाइते भएका हुन्। 

भामका पाखुरा, हत्केला, औँलामा चोट लागेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .