ad ad

समाज


किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

नेपालखबर
जेठ ६, २०८१ आइतबार ९:२१, काठमाडौँ

सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। 

गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी किर्गिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार किर्गिस्तानमा रहेका सबै नेपाली हालसम्म सकुशल छन्। 

दूतावासले शनिबार एक सूचना जारी गरी किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाबाट असुरक्षा बढेकाले घर बाहिर ननस्किन भनेको हो।

दूतावासका अनुसार त्यो क्षेत्रमा करिब दुई सय ८० को सङ्ख्यामा नेपाली छन्। ‘बिस्केक र वरपर रहेका नेपाली हालसम्म सकुशल छन्,’ सूचनामा भनिएको छ, ‘स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ।’

दूतावासले कुनै किसिमको समस्या परेमा त्यहाँ रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नम्बर नम्बर +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले यस्ताे आग्रह गरेको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। 

छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको थियो। उनीहरूको उपचार भइसकेको त्यहाँकाे मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .