ad ad

समाज


इलाममा खोलामा डुबेर एकको मृत्यु

इलाममा खोलामा डुबेर एकको मृत्यु

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ६:४३,

खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन्।

इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालेको थियो।

साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .