ad ad

राजनीति


पछिल्ला घटनाले राम्रो संकेत देखाएको छैन : प्रचण्ड

पछिल्ला घटनाले राम्रो संकेत देखाएको छैन : प्रचण्ड

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ६:५६,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्।

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताएका हुन्।

‘आन्दोलनमा हुँदा, क्रान्तिा हुँदा निकै ठूलो त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन त्यहीं, जे खान्छन त्यही, जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न चाहिँ सक्ने र कम्युनिस्टले सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहाँसमा पनि छन र नेपालको इतिहासमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन्’, उनले भने।

अध्यक्ष प्रचण्डले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए। ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचार जन्य क्रियाकलापहरु सहभागी भएको देखिन थाल्यो’, उनले भने, ‘हिजो मृत्युलाई सामाना गरेर जस्तोसुकै तपस्या गर्न पनि तयार हुने त्याग गर्न पनि तयार हुने प्रतिकृयावादिका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै तिनिहरुनै अर्कै–अर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिन थाल्यो।’

उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए। उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य क्रियाकलापले राम्रो संकेत नदेखिएको बताए।

‘यसो हे¥यो भने हाम्रो पनि त्यही नियति त्यतै जाने खतराका संकेतहरु देखिएका छन्, उनदले भने, ‘हाम्रो अवस्था पनि त्यति राम्रो देखिएन, आजभोलि यसो घटना हे¥यौं मान्छेहरु बिग्रने विग्रनेतिर गएको जस्तो देखिँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .