ad ad

समाज


विद्यालयमै छात्रामाथि यौन दुर्व्यवहार, प्रअ पक्राउ

विद्यालयमै छात्रामाथि यौन दुर्व्यवहार, प्रअ पक्राउ

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ३:५७,

पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेका छन्।

कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक मोहनप्रसाद दुलाललाई पक्राउ गरेको छ।

अभिभावकको उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए।

दुलालले किशोरीको संवेदनशील अंगमा हात लगाएको भन्दै उजुरी परेको छ। विद्यालयबाट छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो।

दुलालले यसअघि पनि पटक–पटक विद्यालयमा छात्रालाई दुर्व्यवहार गर्दै आएका अभिभावकहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .