ad ad

समाज


आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने

आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ४:८,

महाशिवरात्रि पर्वलाई ध्यानमा राखी आज (शुक्रबार) पशुपतिनाथतर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति परिसरमा लाग्ने मेलालाई ध्यान दिँदै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको हो।

आज चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फ शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी जाने रुटमा गाडी चलाउन नपाइने महाशाखाले जनाएको छ।

यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ गुड्न नपाउने ट्राफिक महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

sabariroot ETyLeUiPOU

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .