ad ad

समाज


अर्याल र गुरुङ डीआईजीमा बढुवा

अर्याल र गुरुङ डीआईजीमा बढुवा

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:४, काठमाडौँ

नेपाल प्रहरीका दुई जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।

प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याललाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याललाई बढुवा गर्ने निर्णय भएको थियो।

उनीहरुलाई डीआईजीमा बढुवा गर्नकै लागि विशेष पद सिर्जना गरिएको हो।

गुरुङ र अर्याल अवकास भएसँगै यी दरबन्दी स्वतः हट्नेछन्। देउती गुरुङ केनाइन (कुकुर) स्कुलमा कार्यरत छन् भने अर्याल साइबर ब्यूरोमा कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .