ad ad

राजनीति


कांग्रेसले आत्महत्या नै गर्छु भने पनि उसको माग पूरा हुँदैन : एमाले

कांग्रेसले आत्महत्या नै गर्छु भने पनि उसको माग पूरा हुँदैन : एमाले

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले छानबिन समितिको नाममा सरकार माग गरिरहेको दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि उक्त माग पूरा नहुने दाबी गरे।

‘कांग्रेसले आत्महत्या गर्छु भन्नेजसरी नै प्रस्तुत भएपनि यो माग पूरा हुने म देख्दिँन। यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन,’ उनले भने।

साथै, उनले कांग्रेसले समिति बनाउने नाममा सरकार मागेको पनि आरोप लगाए। 

‘नेपाली कांग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो। त्यो कुरा सम्भव छैन। नेपाली कांग्रेसले जसरी अघि बढाएको छ, त्यो असम्भव हो,’ उनले भने। 

नेपाली कांग्रेसले यो कुरा नबुझ्ने हो भने संसद्लाई बेकामे बनाउन खोजेको बुझाई आफूहरूको रहेको उनले बताए। 

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै निरन्तर छानबिन समितिको माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .