ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज वर्षाको ‘राम्रो’ सम्भावना

काठमाडौँ उपत्यकामा आज वर्षाको ‘राम्रो’ सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ७:२८, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि मौसम बदली र वर्षा हुने क्रम जारी छ। 

अहिले (आइतबार बिहान ७:२० बजे) पनि उपत्यकाका धापड्याम र नगरकोटमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

‘हाम्रो वर्षा मापन केन्द्रले धापड्याम र नगरकोटमा हल्का वर्षा भइरहेको देखाएको छ’, मौसमविद् सरोज पुडासैनीले भने, ‘काठमाडौँ उपत्यकाको मौसम यतिबेला साधारणतया बदली (आकाशमा बादल) छ, राति पनि हल्का वर्षा भएको थियो, दिउँसो पनि अझै पानी पर्छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको ‘राम्रो’ (८० प्रतिशत) सम्भावना देखिएको छ।

‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ’, मौसमविद् पुडासैनीले भने, ‘वर्षा हुँदा मेघगर्जन/चट्याङ र हावाहुरीसहितको हुनसक्छ।’  

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.६ डिग्री सेल्सियस छ भने अधिकतम २४ देखि २६ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको मौसमविद् पुडासैनीले बताए। 

यो पनिअहिले ३ प्रदेशमा मध्यम वर्षा जारी, दिउँसो ४ प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .