समाज


कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल सञ्चालन

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल सञ्चालन

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १८:२४, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजनाअनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल सञ्चालन ल्याएको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको सोमबार उद्घाटन गरेका हुन्। 

शैक्षिकसत्र २०८१ देखि सञ्चालनमा ल्याइएको नेपाल एपीएफ स्कुल झलारीमा हाल कक्षा ४ र ५ मा पठनपाठन सुरु गरिएको छ। 

सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवासीय सुविधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालनमा ल्याएको थियो। 

त्यसैगरी दोस्रो २०७७ वैशाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी सञ्चालनमा ल्याइएको थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्वजनिक गरेका थिए। 

अब अन्य प्रदेशमा समेत स्कुल विस्तार गर्दै लगिने संगठनको लक्ष्य छ। हाल सबै प्रदेशमा  सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल सञ्चालनमा छन्।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .