नेपाल प्रहरीले बेवारिसे अवस्थामा फेला परेका सुना चाँदीका गहना सम्बन्धित धनीलाई खोजी गरी फिर्ता गरेको छ।
यही वैशाख २३ गते राति अन्दाजी साढे ११ बजेको समयमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले पैदल गस्ती गर्दै जाने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० खरिबोटस्थित प्रतिक्षालयमा बेवारिसे अवस्थामा कालो रंगको झोला भेटाएको थियो।
उक्त झोला जाँच गर्दा झोलाभित्र सुन तथा चाँदीका गरगहनाहरू र नेपाल सिपिङ एट एयर लजिस्टिक्स प्रालिको दीपक भुजेल नामको आइयेन्टिटी कार्ड फेला परेको हुँदा उक्त कार्डमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो।
फेला परेका सामग्रीहरूमा सुनको तिलहरी थान–१, सुनको कानमा लगाउने टप थान–२, चाँदीको औँठी थान–२ र आई कार्ड काभ्रे घर भएका ४२ वर्षीय दीपक भुजेललाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया