समाज


पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार ७:२०, काठमाडौँ

काठमाडौँको पुतलीसडकमा भएको सवारी दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। 

काठमाडौँ  महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल आपसमा  ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका १२ का २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले पिकअप भ्यानका चालक भक्तपुरको लोकन्थली बस्ने सौरब वस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad