समाज


ढोलाहिटी घटना : विजय राई र राजु गुरुङ पुर्पक्षका लागि थुनामा

ढोलाहिटी घटना : विजय राई र राजु गुरुङ पुर्पक्षका लागि थुनामा

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १९:२६, काठमाडौँ

ललितपुरको ढोलाहिटीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा मुद्दा चलाइएका ५ जनामध्ये २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनीश्वर पौडेलको इजलासले विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

चैत ११ गते राति ढोलाहिटीको डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो।

उनीहरूलाई होटल सञ्चालक विजय राईले चक्कु प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनलाई राजु गुरुङले मोटरसाइकलमा भगाएका थिए।

सुलभ राई र विशाल राईलाई पाँचपाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। छेङबिहाङ राईलाई भने सात लाख धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन महतोले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .