ad ad

समाज


ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्धार

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्धार

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १७:३०, काठमाडौँ

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ।

शनिबार राति १ बजे ललितपुर महानगरपालिका ५ स्थित सडकछेउको सार्वजनिक इनारमा सिन्धुली हरिहरपुरगढी नगरपालिका ५ का ४१ वर्षीय बुद्ध लामा तामाङ खसेका थिए।

तामाङ इनारमा खसेको खबर पाउनासाथ प्रहरी बृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट टोली खटिएको थियो।

झण्डै ३० फिट गहिरो इनारभित्र छट्पटाइरहेका लामालाई प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक चुणामणी पुनले इनारभित्रबाट सकुशल उद्दार गरेका हुन्।

उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .