ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ।
शनिबार राति १ बजे ललितपुर महानगरपालिका ५ स्थित सडकछेउको सार्वजनिक इनारमा सिन्धुली हरिहरपुरगढी नगरपालिका ५ का ४१ वर्षीय बुद्ध लामा तामाङ खसेका थिए।
तामाङ इनारमा खसेको खबर पाउनासाथ प्रहरी बृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट टोली खटिएको थियो।
झण्डै ३० फिट गहिरो इनारभित्र छट्पटाइरहेका लामालाई प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक चुणामणी पुनले इनारभित्रबाट सकुशल उद्दार गरेका हुन्।
उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
66
Shares

प्रतिक्रिया