ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ।
ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो।
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।
श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।
२ वर्षअघि मात्रै उनकाे विवाह भएकाे थियाे।
रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।
रमिलाकाे मृत्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्।
प्रिन्सिपल घिमिरेले आफ्नो फेसबुक वालमा लेखेका छन्- हाल अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्लिस स्कुलको २०६४ ब्याचकी होनहार छात्रा रमिला महर्जनको असामयिक निधनप्रति हार्दिक र श्रद्धाञ्जली व्यक्त गर्दछु। रमिलाको निधनबाट पत्नी वियोगको पीडामा परेका सोही ब्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवं दुवै परिवारमा परेको बज्रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हार्दिक समवेदना व्यक्त गर्दछु।

प्रतिक्रिया