समाज


रोकिएन टिपर आतंक : साँखुमा टिपरको ठक्करबाट एक युवाको मृत्यु

रोकिएन टिपर आतंक : साँखुमा टिपरको ठक्करबाट एक युवाको मृत्यु

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ३:४२,

काठमाडौँमा टिपरको ठक्करबाट फेरि एक युवाको मृत्यु भएको छ। 

मंलगबार राति पौने १० बजे काठमाडौँको शंकरापुर नगरपालिका ६ धोलाटोलमा ना १ क ४५६४ नम्बरको टिपरले ठक्कर दिँदा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो।

साँखुबाट मेलम्चितिर जाँदै गरेको टिपरको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा राति नै सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा मृत्यु भएको साखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

ठक्कर दिने टिपर चालक ५१ वर्षीय सोम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राति सडकमा हिँडिरहेको बेला श्रेष्ठलाई टिपरले ठक्कर दिएको हो।

दुई साताअघि कलंकीमा पनि टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको थियो।

माघ २३ गते राति कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो।

कलंकीको अन्डरपासमा चौधरीद्वय सवार प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपरलाई पछि प्रहरीले सीसी क्यामेराको सहयोगमा नियन्त्रणमा लिएको थियो।

काठमाडौँमा टिपरको ठक्करबाट ज्यान जाने क्रम बढेपछि प्रहरीले दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाएको छ। तर, दिउँसो टिपर सञ्चालनमा रोक लगाए पनि टिपरले मान्छे मार्ने क्रममा भने कमी आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad