ad ad

समाज


वायु प्रदूषण: आज काठमाडौँ विश्वमै दोस्रो नम्बरमा (हेर्नुस् १५ प्रदूषित सहरको सूची)

वायु प्रदूषण: आज काठमाडौँ  विश्वमै दोस्रो नम्बरमा (हेर्नुस् १५ प्रदूषित सहरको सूची)

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार १०:४, काठमाडौँ

काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ।

केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँ उपत्यकामा अहिले उच्च वायु प्रदूषण छ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा छ। आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा बंगलादेशको राजधानी ढाका छ। 

इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १७४ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्यूआई आज १९१ छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ। 

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। तीन दिनअघि काठमाडौँको एक्यूआईको मान दुई सय पुगेको थियो। 

हेर्नुस् आज विश्वका १५ सहरकाे एक्यूआई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .