समाज


काभ्रेमा हतियारसहित गएको समूहले मध्यराति काट्यो बहुमूल्य बुद्धचित्तको रुख

काभ्रेमा हतियारसहित गएको समूहले मध्यराति काट्यो बहुमूल्य बुद्धचित्तको रुख

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १०:५३, काठमाडौँ

काभ्रेको रोसीमा गएराति एक समूहले बुद्धचित्तको रुख काटेको छ। 

बिस्फोटक पदार्थसहित गएका १५/२० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ।

‘तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि फेला परेको छ। नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, ‘प्रहरी टोली अहिले घटनास्थलमै छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुख काटेका घरमुली तामाङले बताएकी छन्। 

खबर पाएपछि राति अढाईबजे इलाका प्रहरी कार्यालय मंगलटारबाट गएको प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको डीएसपी श्रेष्ठले बताए। 

‘काटिएको बुद्धचित्तको बोटमा बहुमूल्य फल लाग्ने गरेको पीडित परिवारले बताएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘अरुको प्रगतिको डाह गर्नेहरुले रुख काटेको हुनसक्छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

रुख काट्नेहरुको पहिचान नभएको र अहिलेसम्म कसैलाई पक्राउ नगरिएको श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .