समाज


काठमाडौँ आउँदै गरेको टाटासुमो रामेछापमा पल्टियो, एकै घरका ३ जना घाइते

काठमाडौँ आउँदै गरेको टाटासुमो रामेछापमा पल्टियो, एकै घरका ३ जना घाइते

नेपालखबर
चैत २५, २०८० आइतबार १३:४८, काठमाडौँ

रामेछापको खाँडादेवीमा टाटासुमो दुर्घटना हुँदा एकै घरका तीनजना घाइते भएका छन्। 

आज बिहान खाँडादेवी गाउँपालिका– ९ पिङखुरीबाट काठमाडौँ आउँदै गरेको  ना.१ज ५६२६ नम्बरको टाटासुमो खाँडादेवी ८ भदौरेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। गाडी सडकबाट झण्डै ३० मिटर तल भीरमा खसेको छ।

दुर्घटनामा स्थानीय २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीया एलिसा भण्डारी र १४ वर्षीया एमुना भण्डारी घाइते भएका छन्। घाइतेमध्ये दीपेन्द्र भण्डारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

दुर्घटनापछि टाटासुमो चालक २२ वर्षीय विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad