ad ad

समाज


माल्टा र क्यानडा पठाइदिने बहानामा लाखौं ठगी, दुई आरोपी पक्राउ

माल्टा र क्यानडा पठाइदिने बहानामा लाखौं ठगी, दुई आरोपी पक्राउ

नेपालखबर
चैत २३, २०८० शुक्रबार १७:५३, काठमाडौँ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको तुम्बेवा गाउँपालिका १ घर भई हाल ललितपुर कुसुन्ती बस्ने वर्ष ६४ को हर्क बहादुर दाहाल र सुनसरीको बराक्षेत्र नगरपालिका १० घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष २० को मनिष दाहाल रहेका छन्।

बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भइ ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितले दिएको जाहेरीका आधारमा उनीहरु चैत २२ गते पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पक्राउ परेका दाहालद्वयलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रहरीका अनुसार हर्क बहादुर दाहालले माल्टा पठाइदिने भन्दै अर्जुन प्रसाद ढकाल समेत २ जनाबाट १३ लाख ४४ हजार चार सय रुपैँया लिएका थिए।

यस्तै, मनिष ले दिनेश लोहार समेत ३ जनालाई क्यानाडा पठाउने भनी ७ लाख रुपैयाँ लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .