समाज


ओमानबाट फर्किएको चार दिनमै श्रीमतीको हत्या

ओमानबाट फर्किएको चार दिनमै श्रीमतीको हत्या

ज्यान गुमाएकी मनसरा।


नेपालखबर
चैत २२, २०८० बिहिबार ११:२३, काठमाडौँ

झापामा एकजना व्यक्तिले वैदेशिक रोजगारीबाट बिदामा फर्किएको चार दिनमै शिक्षिकासमेत रहेकी श्रीमतीको हत्या गरेका छन्। 

झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले ३३ वर्षीया पन्ती मनसरी राजवंशीको बिहीबार बिहान खुकुरी प्रहारी गरी हत्या गरेकी हुन्। 

इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माका अनुसार घरायसी विवादका क्रममा देवनारायणले मनसरीको घाँटीमा खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट मनसरीको तत्कालै ज्यान गएको छ। घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ गरिएको सई राजवंशीले बताएका छन्। 

प्रहरीका अनुसार पत्नी अर्कै पुरुषसँग लागेको शंकामा झगडा गरेका देवनारायणले खुकुरी प्रहार गरेका थिए। मनसरी बाह्रदशीकै दीपज्योति माध्यमिक विद्यालयक राजगढमा शिक्षिकासमेत थिइन्।

देवनारायण ओमानमा वैदेशिक रोजगारी ४ दिनअघि मात्रै घर फर्किएका थिए। श्रीमतीलाई अर्कैसँग लागेको शंका गरिरहेका उनले त्यही विषयमा विवाद चल्दा श्रीमतीको ज्यान लिएको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .