समाज


नक्कली शरणार्थी प्रकरण : टोपबहादुरसहितको रिटमाथिको सुनुवाइ स्थगित

नक्कली शरणार्थी प्रकरण : टोपबहादुरसहितको रिटमाथिको सुनुवाइ स्थगित

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १२:२३, काठमाडौँ

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएर थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसहितले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइ स्थगित भएको छ।

एमाले नेता रायमाझीसहित उक्त प्रकरणमा मुछिएका १० जना प्रतिवादीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आजका लागि  तोकिएको थियो।

उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने तोकिएकोमा प्रतिवादीका वकिलहरूले निवेदन दिएर स्थगित गराएका हुन्। 

उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च पुगेका निवेदहरूले आफ्ना कानुन व्यवसायीमार्फत सुनुवाइ आजलाई स्थगित गराएका हुन्।

काठमाडौँ जिल्ला अदालतले एमाले नेता रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितलाई उक्त प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उनीहरूले जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उच्च अदालत पाटनले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।

त्यसपछि उनीहरूले सर्वोच्चको ढोका ढक्ढक्याएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भने उच्च अदालतको आदेशमा धरौटी तिरेर रिहा भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .