समाज


कस्मिरी भएकै कारण दिल्लीको होटलमा बास पाएनन् बाबु छोरीले

कस्मिरी भएकै कारण दिल्लीको होटलमा बास पाएनन् बाबु छोरीले

नेपालखबर
फागुन ४, २०७६ आइतबार १०:५५,

ओयो होटेलले प्रहरीको आदेश पालना गर्दै आफूहरुले कस्मिरका ती पिता र छोरीलाई होटलमा बास नदिएको प्रतिक्रिया जनाएको छ।

नाउम्यान राफिकले इन्डिया टुडेसँग कुरा गर्दै भने,‘पाकिस्तान, अफगानिस्तान र बंगलादेशका नाकगरिकलाई ओयो सन्जालका होटलमा बास नदिने नीति रहेछ।’

तर किन कस्मिरका नागरिकलाई बास नदिएको भनेर प्रश्न गर्दा प्रहरीको आदेशका कारण आफूहरले उनीहरुलाई बास नदिएको होटलले जवाफ फर्काएको राफिकको भनाइ छ।

सामाजिक सन्जालमा ओयोको चर्को आलोचना भएपछि भने आयोले माफी मागेको छ। ओयोका एक कार्यकारी अधिकारी प्रदीप कुमारले आगामी दिनमा यस्तो समस्या नआउने प्रतिक्रिया जनाएका छन्।

कुमारले आवश्यक कागजात नदेखाएको कारण यस्तो समस्या उत्पन्न भएको हुनुपर्ने बताएपछि नाउम्यानले आप्mना पितासँगै सबै कागजात भएको बताएका थिए।

भारत सरकारले गतवर्ष जम्मुकस्मिरलाई केन्द्र शासित बनाएको छ। संविधानको धारा ३७० हटाएसँगै जम्मु कस्मिरका नागरिकले उक्त कार्यको विरोध गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad