समाज


६ जनाको मृत्यु भएको स्वर्गद्वारी दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ

६ जनाको मृत्यु भएको स्वर्गद्वारी दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ

नेपालखबर
चैत १९, २०८० सोमबार १६:३४, काठमाडौँ

वि.स. २०७३ चैत ११ गते प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमाले भन्ने स्थानमा भएको बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटनापछि भागेका चालक पक्राउ परेका छन्।

दुर्घटनामा दिनेशध्वज बस्नेतसमेत ६ जनाको मृत्यु भएको थियो।

सवारी ज्यान मुद्दामा फरार रहेका ललितपुरको महांकाल गाउँपालिका–३ बस्ने प्रतिवादी (चालक) सरोज घले पक्राउ परेका हुन्।

उनको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको टोलीले यही चैत १८ गते ग्वार्कोबाट पक्राउ गरेको हो।

घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, प्युठान पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad