ad ad

समाज


 निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहजिल्लामा

 निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहजिल्लामा

नेपालखबर
फागुन ४, २०७६ आइतबार ६:३५,

स्वास्थ्यमा समस्या आएका कारण लामो देखिएपछि उपत्यकाबाहिर नगएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्ला झापा पुगेका छन्।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि आइतबार बिहान झापा पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री ओली दशैँपछि पहिलोपटक गृहजिल्ला झापा पुगेको बताए।

‘दशैँको शुभकामना आदाप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएको थियो, त्यसपछि अहिले आउनुभएको हो’, नेपालखबरसँग कुरा गर्दै भण्डारीले भने। उनले प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिए। प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट संघीय संसदमा निर्वाचित भएका थिए।

प्रधानमन्त्री ओलीले आजै दमक–रवि चिसापानी सडकको शिलन्यास, झापा, मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन, दमक कृष्ण मन्दिर–बेलडाँगी जाने सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिवालयसदस्य भण्डारीले बताए। त्यस्तै प्रधानमन्त्री आवासय कार्यक्रम अन्तर्गत रहेका विभिन्न आवासहरु हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको उनले बताए।

प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .