ad ad

समाज


सुरु भयो एसईई

सुरु भयो एसईई

काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिंह धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा जारी एसइई। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
चैत १५, २०८० बिहिबार ९:२५, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार  परीक्षामा ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन्। 

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। 

बिहान ८ बजे सुरु परीक्षा बिहान ११ बजेसम्म चल्ने छ। 

आजदेखि चैत २७ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन्।

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ परीक्षार्थी रहेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार त्यस्ता विद्यार्थी बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक एक, पर्सा र सप्तरीबाट दुई दुई तथा रुपन्देहीबाट चार जना छन्।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र छन्।

यस वर्षको एसइईमा जापानबाट २३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेस्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .