ad ad

समाज


संसदीय समितिमा प्रहरी महानिरीक्षक : पहिलेदेखिकै झगडाले ढोलाहिटी घटना

संसदीय समितिमा प्रहरी महानिरीक्षक : पहिलेदेखिकै झगडाले ढोलाहिटी घटना

नेपालखबर
चैत १४, २०८० बुधबार १२:२१, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन्। 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्। 

उनले होली मनाउने क्रममा भएको विवाद पहिलेकै झगडासँग जोडिएको पनि जानकारी दिए। 

कुँवरले भने, ‘ढोलाहिटीमा पहिल्यैदेखि झगडाको इस्यु रहेछ। एक जना फरार छ। अरु अनुसन्धान जारी छ।’

घटनामा विजय राई नै मुख्य दोषी देखिएको उनले बताए। घटनामा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .