कारोबार


मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा

मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा

नेपालखबर
असार १६, २०७६ सोमबार ८:४८,

 मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यकाबाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीन सहरमा पुगेको छ। बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखा बिस्तार गरी सेवा सुरु गरेकोे हो।

संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ।

मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताए।

यस अघि नै चितवन र वीरगञ्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र विराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए।

सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भइसकेका छन्। दैनिक दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागी हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउने छन्। साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउनेछन्।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ। प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad