समाज


आईएसए स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस

आईएसए स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १४:३७, काठमाडौँ

प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्।

सम्झौता संसदमा पेस गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधहरू प्रयोग गरी सदस्य राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताए। 

उनले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्‍बाटट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताए। 

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .