ad ad

समाज


कुन राशि हुनेले के गर्ने, के नगर्ने? हेर्नुस् वैशाख ३१ को राशिफल

कुन राशि हुनेले के गर्ने, के नगर्ने? हेर्नुस् वैशाख ३१ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ३१, २०८१ सोमबार ४:४१, काठमाडौँ

आज सोमबार, ३१ वैशाख २०८१ (१३ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सफल र रमाइलो यात्राको योग रहेको छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ तर पारिवारिक समस्या बढ्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। घ्यू रङको प्रयोग अनुकूल छैन।

वृष : नयाँ कार्यको थालनी हुनेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

मिथुन : भ्रमण र तीर्थाटनको योग रहेको छ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रेममा सफलता पाइनेछ। कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ। मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको कार्य शुभारम्भ गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कर्कट : सुखदुःख बराबरी खालको छ। ताकेका काममा बाधा हुनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग नगरेकै बेस।

सिंह : नयाँ कार्यको अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५८, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग अनुकूल छैन।

कन्या : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पेसामा बढुवाको योग छ। नयाँ कामको थालनी हुनेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्त हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला। बोलेमा बनिसकेको काम पनि बिग्रन सक्छ।

तुला : स्वादिष्ट भोजन प्राप्त होला। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। स्वास्थ्य प्रतिकूल हुन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४२, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग अनुकूल छैन।

धनु : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

मकर : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आत्मबल बढ्नेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। अनावश्यक धन र परिश्रम खर्च हुने र स्वास्थ्य बिग्रन सक्छ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कुम्भ : स्थानान्तरण र सफल यात्राको सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ। सेयर बजारमा केही उतारचढाव हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मीन : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। कार्यमा  बाधा आउनेछ तर वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .