ad ad

समाज


दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १९:१७, काठमाडौँ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।

अदालतले गत शुक्रबारदेखि लागु हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। 

जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्।

उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो।

पुनसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको थियो।

१० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको उजुरी परेको रुपन्देहीका एसपी रंजित सिंह राठौरले बताए।

यस मामिलामा प्रहरीले थप उजुरी गर्नसमेत सूचना जारी गरेको थियो। सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका थिए।

उनीहरूलाई पनि हिरासतमा राखेर रुपन्देही प्रहरीले अनुसन्धान गरिरहेको छ। यही सहकारीबाट गोर्खा मिडिया नेटवर्कलेसमेत ऋण लिएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका सञ्चालक रहेका जीबी राई यो सहकारीका पनि संस्थापक एवं संरक्षक हुन्।

उनी हाल फरार छन्। उनी मलेसियामा रहेको सूचनापछि प्रहरीले कूटनीतिक नियोगमार्फत पत्र पठाउँदै नेपाल डिपोर्ट गरिदिन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .