समाज


क्वारेन्टाइन राख्ने विषयमा नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप

क्वारेन्टाइन राख्ने विषयमा नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप

मणि दाहाल
फागुन २, २०७६ शुक्रबार ९:३५,

चीनमा रहेका नेपालीको उद्धारका लागि जाने नेपाल वायुसेवा निगमको विमानका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।

सरकारले चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयको विरोधमा स्थानीयहरुले पाँच दिनदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका थिए।

nagarkot 12

शुक्रबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुगेको थियो। टोली अनुगमन तथा निरीक्षणका लागि आउने थाहा पाएपछि स्थानीयहरुले यातायातसमेत अवरुद्ध गरेर सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए।

सडकमा भएको अवरोध हटाउने क्रममा झडप भएको हो। सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ।

nagarkot 123

स्थानीयहरुले कोराना प्रभावितहरुलाई बस्तीको बीचमा नराख्न माग गर्दै प्रदर्शन गरेका हुन्। 

चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्त वाइवाले मानव वस्ती भएका स्थानमा क्वारेन्टाइन राख्न नहुने बताए।

‘क्वारेन्टाइन मानव बस्तीभन्दा टाढा राख्नुपर्छ’, उनले भने, ‘हामीले चीनबाट नेपाली नल्याउने भनेका छैनौँ। बस्तीको बीचमा राख्दा त्यसले स्थानीयमा डर त्रास पैदा गर्छ भनेर सचेत गराएका हौँ।’

nagarkot 1234

सरकारले चीनबाट उद्धार गरेर ल्याउने १८७ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चार बल्क खडा गरी राख्ने तयारी गरेको छ। शुक्रबार सरकारले एयसपोर्टदेखि तालिम केन्द्रसम्म लैजानका लागि रिहर्सल समेत गरेको थियो। खरिपार्टीमा क्वारेन्टाइन राख्ने विषयमा समेत त्यहाँका स्थानीयले विरोध गर्दै आएका छन्।

याे पनि: 
चीनबाट ल्याइने नेपालीलाई विमानस्थलदेखि खरिपाटी लान यसरी गरियो रिहर्सल 
वुहानबाट फर्काइने नेपालीको व्यवस्थापन गर्न सेनासहितको ‘युनिफाइड कमान्ड’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .